समाज


प्रदेश २ मा थपिए १५३ संक्रमित, ३ जनाको मृत्यु भएको पुष्टि

प्रदेश २ मा थपिए १५३ संक्रमित, ३ जनाको मृत्यु भएको पुष्टि

नेपालखबर
साउन २६, २०७७ सोमबार १३:४५,

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३१ जना महिलासहित १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश २ का ८ जिल्लामध्ये सबैभन्दा बढी पर्सामा ९२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका १५ जना थुनुवा र प्रहरी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै सर्लाहीमा २२ जना, रौतहटमा १९ जना, धनुषामा १३ जना, बारामा ४ र महोत्तरीमा ३ जनामा संक्रमण भएको छ।

यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको स्वास्थ्य निर्देशनालयका बरिष्ट अकिृत विजय झाले जानकारी दिए।

पछिल्लो २० घण्टामा प्रदेश २ मा कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। पर्साकी २० र ४५ वर्षीय दुई महिला र धनुषाका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो।

यससंगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad