माेरङमा एक भारतीय युवककाे पाेखरीमा डुबेर मृत्यु भएकाे छ।
भारत घर भई विराटनगर महानगरपालिका १५ रानीस्थित मामाघरमा बस्दै आएका १७ वर्षीय विशाल चौधरी आइतबार बिहान सो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
साेही महानगरपालिका–१४ स्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका ती युवाको शव सशस्त्र प्रहरी टोलीले फेला पारेको छ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण मोरङ र बोर्डर आउट पोष्ट जहदाफुटाबाट खटिएको एपीएफ टोलीले उनको खोजी कार्य गर्दा हिलोमा गाडिएको अवस्थामा उनको शब फेला परेको हो।

प्रतिक्रिया