समाज


विदेशबाट फर्किनेले अब एक हप्ता आफ्नै खर्चमा काठमाडौँका होटलमा बस्नैपर्ने

विदेशबाट फर्किनेले अब एक हप्ता आफ्नै खर्चमा काठमाडौँका होटलमा बस्नैपर्ने

नेपालखबर
साउन ३२, २०७७ आइतबार १२:३६,

वैदेशिक रोजगारीबाट फर्किने नेपाली श्रमिकले एक हप्ता होटलमा बस्नुपर्ने भएको छ। विभिन्न देशबाट फर्किने नेपालीले ५ देखि ७ दिनसम्म काठमाडौंका होटलमा बस्नुपर्ने गरी सरकारले मापदण्ड बनाएको हो।

नेपालमा कोरोना संक्रमणदर अझ बढीरहेको भन्दै काठमाडौंमै कोरोना परीक्षण गरेर मात्रै जिल्ला पठाइने नयाँ मापदण्ड सार्वजनिक भएको हो। योसँगै अब विदेशबाट फर्किने नागरिकले सरकारले तोकेका काठमाडौंका होटलमा आफ्नै खर्चमा बस्नुपर्ने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को परीक्षण गरी संक्रमण नभएको एकिन गरेपश्चात मात्र स्थानीय तहहरुमा तोकिएका क्वारेन्टिनमा पठाउने व्यवस्था गरिएको छ।

सरकारको निर्णयपछि मलेसियास्थित नेपाली दूतावासले सूचना जारी गरेर नेपाल फर्किने श्रमिकलाई काठमाडौंमा होटलमा बस्ने खर्चसमेत व्यवस्था गर्न सूचना जारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad