कोरोना संक्रमण समुदायमा फैलिएपछि धनुषा जिल्लाभर लकडाउन घोषणा भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि भदाै ७ गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गरेको हो। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६.३ बमोजिम जिल्ला भरि लकडाउन गर्ने निर्णय गरेको प्रशासनले जनाएकाे छ।
लकडाउनका बाबजुद बिहान १० बजेसम्म भने पसल व्यवसाय सञ्चालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।
तर व्यापार व्यवसाय सञ्चालन गर्दा व्यवसायीले अनिवार्य रुपमा मास्क, ग्लोब्स, सेनिटाइजर प्रयोग गर्नुपर्ने र उपभोक्तालाई मास्क नहुँदा व्यवसायीले नै उपलब्ध गराउनु पर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेकाे सूचनामा उल्लेख छ।
व्यवसायी र उपभोक्तालाई अनिवार्य रुपमा समाजिक दूरीको पालना गर्न भनिएको छ।

प्रतिक्रिया