समाज


आइसाेलेसनमा उपचाररत ६५ वर्षीय संक्रमितकाे मृत्यु

आइसाेलेसनमा उपचाररत ६५ वर्षीय संक्रमितकाे मृत्यु

शैलेन्द्र महतो
भदौ १, २०७७ सोमबार ८:३५,

कोरोना भाइरसको संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका ३ का ६५ वर्षीय पुरुष रहेका छन्।

ती पुरुषको प्रादेशिक अस्पतालको आइसोलेसनमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका निमित प्रमुख तथा आइसोलेशन इन्चार्ज डा. जामुन सिंहले जानकारी दिए।

उनका अनुसार दम रोगकाे सिकायत रहेका ती पुरुषलाई रुघाखोकी, ज्वरो र श्वासश्वासमा समस्या भएपछि गएको साउन २६ गते पीसीआर परिक्षण गरिएको थियो। उनको रिपोर्ट पोजेटिभ आएपछि साउन ३१ गते प्रादेशिक अस्पताल अन्तर्गत निर्माण गरेको कोभिड दोश्रो लेभलको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो।

आइसीयूमा राखेर उपचार भइरहेका ती पुरुषको सोमबार मृत्यु भएको हो।
योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad