समाज


भारतमा महिला डाक्टरको बीभत्स हत्या, पुरुष डाक्टर पक्राउ

भारतमा महिला डाक्टरको बीभत्स हत्या, पुरुष डाक्टर पक्राउ

नेपालखबर
भदौ ४, २०७७ बिहिबार २:४७,

भारतमा महिला डाक्टरको बीभत्स हत्या भएको छ।

आगरास्थित सरोजिनी नायडु मेडिकल कलेजबाट एमबीबीएस गरेकी डा.योगिता गौतमको हत्या भएको हो।

मंगलबारदेखि बेपत्ता उनको शव बुधबार बिहान सहरदेखि टाढा डौकी थाना क्षेत्रको बमरौली कटाराको खाली ठाउँमा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नयाँ दिल्लीमा बस्ने गरेकी डा. गौतमका बुबा र दाइ पनि डाक्टर हुन्। डा. गौतम मंगलबार राति अबेर सम्पर्कविहीन भएकी थिइन्। उनको फोन पनि स्वीचअफ भएको थियो।

प्रहरीले घटनाको जानकारी दिएपछि मृतकका बुबा र दाइ बुधबार बिहानै आगरा (घटनास्थल) आइपुगेका छन्।

उनीहरूले उरई जालौन मेडिकल कलेजका मेडिकल अफिसर डाक्टर विवेक तिवारीले योगिताको हत्या गरेको आरोप लगाएका छन्। किनकि उनले पहिलेदेखि नै योगितालाई मार्ने धम्की दिइरहेका थिए।

घटनास्थल आपपासका सीसीटीभीका फुटेजले उनको हत्यामा डा. तिवारी संलग्न देखिने केही प्रमाण प्रहरीले फेला पारेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।

सोहीबमोजिम उनलाई हिरासतमा लिइएको एसएसपी आगरा बबलुकुमारले बताएका छन्।उनका अनुसार मृतकको टाउको र घाँटीमा चोट छ।

पोस्टमार्टम रिपोर्टले डा. योगिताले मर्नुअघि ज्यान बचाउन निकै संघर्ष गरेको देखाएको छ।

एसएसपी आगराका अनुसार आरोपित डा. विवेक तिवारीसँग बयान लिने क्रम जारी छ। उनीविरुद्ध उजुरी परिसकेको छ। घटनाबारे अनुसन्धान भइरहेकाे भारतीय प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad