समाज


२३ सय जनालाई सडकमै उभ्याइयो, तीन हजार बढी सवारी कारबाहीमा

२३ सय जनालाई सडकमै उभ्याइयो, तीन हजार बढी सवारी कारबाहीमा

नेपालखबर
भदौ ४, २०७७ बिहिबार १६:१४,

निषेधाज्ञाको पहिलो दिन सरकारले अत्यन्तै कडाइ गरेको छ। निषेधाज्ञामा अत्यावश्यक कामबिनै बाहिर निस्किएको भन्दै २३ सय बढी सर्वसाधारणलाई सकडमै उभ्याइएको छ।

उनीहरुलाई सडकमै होल्ड गरेर निषेधाज्ञा र कोरोनाको जोखिम बारे जानकारी गराइएको छ। पहिलो दिन सबैभन्दा बढी ललितपुरमा पक्राउ परेका छन्। ललितपुरमा मात्रै १२ सय १० जना पक्राउ परेका छन्। काठमाडौंमा ६ सय १४ र भक्तपुरमा ५ सय ३५ जना पक्राउ परेको महानगरीय प्रहरी कार्यालयका पवक्ता एसएसपी शुसिल यादवले बताए ।

यस्तै ट्राफिक प्रहरीले ३ हजार ११ सवारीलाई कारबाही गरेको छ। निषेधाज्ञा तोड्दै बहाना बनाएर हिँडेका सवारीलाई कारबाही गरिएको ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालले बताए।
प्रहरीले नियन्त्रणमा लिएका सवारी दिनभर सडकमै राखेर साँझमात्रै छाडेको छ।

राजधानीमा यसअघि भन्दा थप कडाई गरेको छ। नाकामा समेत सयौं सवारी उपत्यका प्रवेश पाएका छैनन्। नागढुंगा र साँगामा सवारीको लाम लागेको छ।

आज पहिलो दिन भएकाले कतिपयलाई सम्झाई बुझाई मात्रै गरेको भएपनि शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीको तयारी छ।

बिहान कार्यालय हिँडेका बैंकका कर्मचारीलाई रोकेको गुनासो आएको थियो। तर पछि बैंकसँग बुझेपछि बैंक खुल्ला रहेको जानकारी आएपछि मात्रै कर्मचारीलाई छाडिएको थियो। शुक्रबार बैंकका कर्मचारीलाई कार्यालयको परिचयपत्रको आधारमा छाड्ने निर्णय भएको छ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ १० गतेसम्मका लागि निशेधाज्ञा जारी गरेका छन्। सबै सवारी पास बन्द गरिएको छ भने, अत्यावश्यक सेवा बाहेकका सवारीसाधान सञ्चालन हुन पाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad