कोरोना संक्रमणलगायत विभिन्न रोगसँग लड्न शरीरको प्रतिरक्षा प्रणाली (इम्युनिटी पावर) बलियो बनाउनुपर्नेमा सबै विज्ञ एकमत छन्।
विज्ञका अनुसार शरीरको त्यो ‘पावर’ बलियो बनाउने विभिन्न उपायमध्ये पर्याप्त निद्रा पनि एक हो।
यसै सन्दर्भमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुने बताएका छन्।
त्यसका लागि उनले कुन उमेरका व्यक्तिले कति घण्टा सुत्नुपर्छ भन्ने सुझाव पनि दिएका छन्।
डा. पाण्डेले आइतबार बिहान आफ्नो फेसबुकमार्फत दिएको सुझाव जस्तोको तस्तै-
कति घण्टा सुत्ने ?
कोरोना संक्रमणलगायतका रोगहरूसँग लड्नका लागि निद्राको ठूलो भूमिका छ। रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ।
हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं। हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं।
त्यस्तै राम्रोसँग निद्रा परेको समयमा हामी आफूई निकै स्वस्थ अनुभव गर्दछौं। हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहारजत्तिकै महत्व दिइएको छ।
हामी रातिमा ७-९ घण्टा सुत्यौं भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुन्छ।जसले गर्दा हामी खुसी हुन्छौं। साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ।
हामी कति घण्टा सुत्नुपर्छ ?
१४-२५ वर्षका व्यक्तिलाई . ८-१० घण्टा
२६-६४ वर्षका व्यक्तिलाई . ७-९ घण्टा
६५ वर्ष तथा सोभन्दा धेरै उमेरका व्यक्तिलाई . ७-८ घण्टा
Shares

प्रतिक्रिया