उनको उपचार यतिबेला दिल्लीस्थित सेनाको अस्पतालमा भइरहेको छ।
आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलले जारी गरेको एक विज्ञप्तीमा मुखर्जीको स्वास्थ्य अवस्था झनै बिग्रिएको बताइएको छ।
भेन्टिलेटरमा उपचार भइरहेको मुखर्जीको फोक्सोमा संक्रमण देखिएका कारण उनलाई सेप्टिक सक ‘कम रक्तचाप’ भएको बताइएको छ।
उनलाई विशेष डाक्टरहरुको निगरानीमा राखिएको छ। मस्तिष्क सर्जरी गरिएका मुखर्जीको स्वास्थ्य अवस्था जटिल बनेको थियो।
यसबीचमा उनमा कोरोना भाइरसको संक्रमण पनि देखिएको हो। एजेन्सी
3
Shares

प्रतिक्रिया