समाज


कोरोना संक्रमितको हृदयघातबाट मृत्यु

कोरोना संक्रमितको हृदयघातबाट मृत्यु

प्रकाश न्यौपाने
भदौ १७, २०७७ बुधबार १२:२६,

आईसीयूमा उपचाररत एक कोरोना संक्रमितकाे हृदयघातका कारण मृत्यु भएको छ।

भैरहवास्थित भीम अस्पतालको आईसीयूमा उपचार गराइरहेका बुटवल उपमहानगरपालिका–६ का ५७ वर्षीया पुरुषको बुधबार मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलका अनुसार  दिउँसो ३ बजे ती पुरुषलाई हृदयघात हुँदा बेहोस भएका थिए। त्यसपछि उनलाई हृदयघातको उपचार गरिएको थियो। तर, दिउँसो ३ः३० बजे उनको मृत्यु भयो।

‘एक्कासी हृदयघात भएपछि उहाँलाई त्यसको उपचार भइरहेको थियो। चिकित्सकहरुले उपलब्ध साधनस्रोतको परिचालन गरेर बचाउने कोसिस गरे पनि सकिएन’, डा.पोखरेलले भने।

मुटु रोगको विरामी समेत रहेका ती पुरुषमा भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएपछि लुम्बिनी प्रादेशिक अस्पतालले रेफर गरेर उनलाई भीम अस्पताल पठाएको हो। भदौ १५ बाट भीममा उनको उपचार भइरहेको थियो।

मंगलबार राति पनि भीममा आईसीयूमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका–५ की ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो।

यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा आजै कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ की ६० वर्षीया महिलाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad