समाज


एकैपटक चार शिशुलाई जन्मदिने महिलाको मृत्यु

एकैपटक चार शिशुलाई जन्मदिने महिलाको मृत्यु

शैलेन्द्र महतो
भदौ १७, २०७७ बुधबार १२:३५,

धनुषामा एकैपटक चार जना शिशुलाई जन्मदिने महिलाको मृत्यु भएको छ।

जनकपुरको काव्या हस्पिटलमा मंगलबार दिउँसो शल्यक्रियामार्फत तीन छोरी र एक छोरालाई जन्म दिने २२ वर्षीया अरमाना खातुनको बुधबार दिउँसो मृत्यु भएको हो।

चार शिशुलाई जन्म दिनेबित्तिकै ज्वरो र श्वासप्रश्वासको समस्याले सिकिस्त बनेकी अरमानाको अस्पतालकै भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको उपचारकै मृत्यु भएको अस्पतालका संचालक डा. एसके सिंहले जानकारी दिए।

कोरोना भाइरसको लक्षण देखिएपछि उनको स्वाबसमेत संकलन गरिएको थियो। तर, स्वाब रिपोर्ट निगेटिभ आएको डा. सिंहले नेपालखबरलाई जानकारी दिए।

याे पनि :  जनकपुरमा २२ वर्षीया युवतीले जन्माइन् चार शिशु, आमामा देखियो कोरोनाको लक्षण, अवस्था गम्भीर

धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीय अरमाना सुत्केरी व्यथा लागेपछि मंगलबार बिहान काव्या हस्पिटलमा भर्ना भएकी थिइन्। उनले मंगलबार दिउँसो शल्यक्रियामार्फत चार शिशुलाई जन्मदिएकी थिइन्।

सबै शिशु १ देखि डेढ किलोग्राम तौलसम्मका रहेका छन्। एकबाहेक सबै शिशुको अवस्था समान्य रहेको र कम तौल भएकाले सबैलाई आईसीयूमा राखिएको हस्पिटलका संचालक डा. सिंहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad