गोंगबुमा रोल्पाका कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ परेकी आमालाई कारागार र छोरीलाई सुधार गृह पठाइएको छ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले चितवनकी ३७ वर्षीया कल्पना मुडभरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। बोहोराको हत्यापछि शव व्यवस्थापनमा सहयोग गरेकी कल्पनाकी छोरीलाई सुधार गृह पठाउन न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आदेश दिएको छ।
आफ्नै कोठामा बोलाएर साउन २४ गते हत्या गरेर कल्पनाले कृष्णबहादुरको शव टुक्रा पारेकी थिइन्। शरीर एकठाउँमा र टाउको र खुट्टा अर्कै ठाउँमा फेला परेको थियो ।
घटनाको दुई दिन पछि कल्पना चितवनबाट पक्राउ परेकी थिइन् ।
याे पनि: प्रहरीले सार्वजनिक गर्यो गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्त
3
Shares

प्रतिक्रिया