समाज


भक्तपुरमा कोरोना संक्रमित प्रहरीका लागि छुट्टै आइसोलेसन

भक्तपुरमा कोरोना संक्रमित प्रहरीका लागि छुट्टै आइसोलेसन

नेपालखबर
भदौ २०, २०७७ शनिबार १३:३,

कोभिड–१९ को संक्रमण रोक्न अग्रभागमा खटिने प्रहरीका लागि आइसोलेसन सञ्चालनमा आएको छ।

अग्रभागमा खटिने प्रहरीमा कोरोना संक्रमण बढ्न थालेपछि प्रहरीले आफ्ना जनशक्तिका लागि आइसोलेसन तयार पारेको हो।

यसका लागि प्रहरीले मध्यपुरथिमिको पाठ्यक्रम विकास केन्द्रको एउटा ब्लकमा १८ श्ययाको आइसोलेसन तयार पारेर सञ्चालनमा ल्याएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले प्रहरीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि सचेतना अपनाउने र आइसोलेशन तयार पार्ने काम भएको बताए।

भक्तपुरका प्रहरीमा कोरोना संक्रमण नफैलियोस् भनेर सचेतना अपनाएको, प्रहरीलाई फरक–फरक स्थान र विद्यालयमा समेत अस्थायी ब्यारेक बनाएर सुरक्षित राख्दै परिचालन गर्ने गरेको र संक्रमितलाई खरिपाटीस्थित आइसोलेसनमा पठाउने गरिएको उनले बताए।

उनले प्रहरी परिसरका संक्रमित एक प्रहरी निको भएर ड्युटीमा फर्किसकेको, जगाती प्रहरी वृत्तका प्रहरीमा संक्रमण नभएको, नगरकोट प्रहरी प्रभागमा संक्रमित एकलाई आइसोलेशनमा राखिएको जानकारी दिए। उनले परिसरमा रहेका दुई थुनुवालाई संक्रमण भए पनि खरिपाटीस्थित आइसोलेसनमा राखिएको बताए।

महानगरीय प्रहरी वृत्त थिमिमा भने १३ प्रहरीमा कोरोना संक्रमण भएको छ। जसमा तीन जना निको भएर काममा फर्किसकेका प्रहरी नायब उपरीक्षक ऋषिराम कट्टेलले जानकारी दिए। संक्रमित १० जना पाठ्यक्रम विकास केन्द्रको आइसोलेसनमा रहेका र तीन संक्रमित निको भएर काममा फर्किएका उनले जानकारी दिए।

बालकोट प्रहरी प्रभागमा संक्रमित एक पनि निको भएर काममा फर्किसकेका छन्। प्रहरीका लागि पाठ्यक्रम विकास केन्द्रमा १८ शय्या क्षमताको आइसोलेसन तयार पारेर सञ्चालनमा ल्याइएको छ। थिमि प्रहरी वृत्तमा रहेका सात जना थुनुवामा पनि संक्रमण पुष्टि भएपछि आइसोलेसनमा पठाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad