समाज


जहाँ भाेलिदेखि सार्वजनिक यातायात खुलाउने

जहाँ भाेलिदेखि सार्वजनिक यातायात खुलाउने

नेपालखबर
भदौ २०, २०७७ शनिबार १३:३७,

तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ।

नगरपालिकाले भोलि आइतबारदेखि नगरक्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो।

क्षमताअनुसार मात्र यात्रुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिई बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

गृहमन्त्रालय र छिमेकी पालिकाले तोकेका विषयमा सोहीबमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय नगरपालिकाले गरेको हाे

नगरपालिकाले कोभिड-१९ को जोखिम समुदायस्तरसम्म नपुगोस् भनी सर्वपक्षीय सहमतिमा पहिलोपटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो।

भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो।

सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि कोरोना भाइरसको अन्त्य नभएकाले थप सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad