समाज


नवलपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

नवलपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

नेपालखबर
भदौ २४, २०७७ बुधबार ४:०,

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको मंगलबार साँझ उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो।

केही समयदेखि मिर्गौलाले काम नगरेका कारण उनको डायलाइसिस हुँदै आएको थियो। भदौ १९ गते कोभिड–१९ सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सघन उपचार कक्षमा सारिएको थियो।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ।

त्यस्तै बुधबार बिहान कास्कीको पोखरामा नौ, बाग्लुङ र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) एक एक जना गरी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकीमा हालसम्म सङ्क्रमितको सङ्ख्या दुई हजार ६७२ पुगेको प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए। प्रदेशमा ५३ हजार ३२९ जनाको पिसीआर नमूना परीक्षण गरिएको छ।

सङ्क्रमित मध्ये एक हजार ८०४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमित ८४६ रहेको निर्देशनालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad