रुपन्देहीमा सोमबार दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल धागो कारखानामा रहेको कोरोना विषेश अस्थायी अस्पताल र भैरहवाको भीम अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुने दुवैजना कपिलवस्तुको शिवराज नगरपालिका–५ का रहेका अस्पतालले जानकारी दिएको छ।
भीम अस्पतालमा ५८ वर्षीय पुरुष र बुटवलमा ४७ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको सम्बन्धित स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
पुरुष दमका बिरामी थिए भने महिला मृगौलाकी बिरामी थिइन्।

प्रतिक्रिया