धनुषाका एक प्रहरी हवल्दारलाई एक महिलासँग आपत्तिजनक अवस्थामा गाउँलेले समातेका छन्।
धनुषाको सहिदनगर नगरपालिका ३ यदुकोहामा आइतबार राति प्रहरी हबल्दार प्रेम नेपालीलाई एक स्थानीय महिलासँग आपतिजनक अवस्थामा गाउँलेले समातेर कुटपिट समेत गरेका हुन्।
इलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत हवल्दार नेपालीलाई राति १० बजे एक स्थानीय महिलासँग अपत्तिजनक अवस्थामा देखेपछि गाउँलेले पक्राउ गरी प्रहरीमा बुझाएका छन्।
राति गाउँलेले प्रहरी हवल्दारलाई ती महिलाको घरमा गएको भनेर पक्राउ गर्दै इलाका प्रहरी कार्यालय यदुकोहालाई जिम्मा लगाएको प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए।
‘हवल्दार राति ती महिलाको घरमा पुगेपछि स्थानीयले चोर भनेर समातेको र अहिले दुबैजना प्रहरीको नियन्त्रणमा छन्। हामीले घटनाको अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक केसीले नेपालखबरसँग भने।
यता एक स्थानीयले भने प्रहरी हवल्दार र महिलालाई आपत्तिजनक अवस्थामै पक्राउ गरेर प्रहरीलाई बुझाए पनि मेडिकल नगरेको तथा घटना मिलाउन खोजेको आरोप लगाएका छन्।
Shares

प्रतिक्रिया