सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा थप दुई जनाको शव फेला परेको छ।
सोमबार बिहान कुमार विक र सोनिया विकको शव फेला परेको हो। उनीहरु श्रीमान्–श्रीमती हुन्।
उनीहरुको ९ महिनाको बच्चा भने अझै बेपत्ता छन्। योसँगै पहिरोमा परी १३ जनाको ज्यान गइसकेको छ। यसअघि आइतबार ११ जनाका शव फेला परेको थियो।
पहिरोमा १८ जना हराइरहेको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
3
Shares

प्रतिक्रिया