भक्तपुरमा अपरिचित व्यक्तिसँग डलर साट्दा एक व्यक्ति ५ लाख रुपैयाँ ठगिएका छन्।
भक्तपुर नगरपालिका १० कमलविनायकस्थित नगरकोट बसपार्क नजिक डलर साट्दा मंगलबार उनी ठगिएका हुन्।
सूर्यविनायक नगरपालिका ८ आदर्श बस्ने दोलखा जुगु गौरी शंकर घर भएका ३५ वर्षीय पुरुषलाई २ जना अपरिचित व्यक्तिले ठगेका हुन्।
डलर साट्ने भनि कागजको विटो प्लाष्टिकमा राखेर रुमालमा पोको पारी दिएको पाइएको प्रहरीले जनाएको छ। ठगीमा संलग्न व्यक्ति फरार छन्।
ठगीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया