आइतबार चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका-७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
असोज १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । योसँगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ।
यसैबीच कोरोना भाइरसको संक्रमण फैलिन नदिन भतरपुर कारागारमा उच्च सतर्कता अपनाउन थालिएको छ । कारागार प्रशासनले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाटमा बन्देज लगाएको छ।

प्रतिक्रिया