समाज


सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि, काम प्रभावित

सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि, काम प्रभावित

नेपालखबर
असोज १८, २०७७ आइतबार ५:३९,

सर्वोच्च अदालतका न्यायाधीशलगायत केही कर्मचारीहरुमा कोरोना पुष्टि भएको छ।

न्यायाधीश, केही अधिकृत र कर्मचारीहरुमा कोरोना पुष्टि भएको र उनीहरु होम क्वारेन्टिन र सेल्फ आइसोलेसनमा बसेको सर्वोच्च प्रशासनले जानकारी दिएको हो।

न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएसँगै आज सर्वोच्चमा एकल इजलास मात्रै गठन भएका छन्।

प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीशज्यूलगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको र संक्रमित एवं त्यसबाट प्रभावित माननीय न्यायाधीशज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन÷सेल्फ आइसोलेसनमा रहनुभएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad