समाज


लकडाउनमा सरकारको प्रगति : ६ महिनामा थप्यो जम्मा १३० भेन्टिलेटर

लकडाउनमा सरकारको प्रगति : ६ महिनामा थप्यो जम्मा १३० भेन्टिलेटर

नेपालखबर
असोज १९, २०७७ सोमबार ११:८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैतमा लकडाउन गरेयताका ६ महिनामा १ सय ३० वटा भेन्टिलेटर थपेको प्रगति सुनाएको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा चैतयता देशभर उक्त संख्यामा  भेन्टिलेटर थपिएको जानकारी दिएका हुन्।

‘चैतमा लकडाउन सुरु हुनुअघि हामीसँग ७ सय ७० भेन्टिलेटर थिए। अहिले त्यो संख्या बढेर ९ सय पुगेको छ’, प्रवक्ता गौतमले भने।

यस्तै उनले एक सय १० भेन्टिलेटर आउनेक्रममा रहेको बताए। कोरोना संक्रमणका जटिल बिरामीहरुलाई भेन्टिलेटर आवश्यक पर्छ।

लकडाउन र निषेधाज्ञा लामो समय गरे पनि सरकारले केही तयारी नगरेको मानिसहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता गौतमले उक्त प्रगति सुनाएका हुन्।

यस्तै उनले एक हजार ५११ आईसीयू बेडको संख्या बढेर २ हजार ६ सय पुर्याइएको बताए। चैतयता एक हजार ३६८ को संख्यामा रहेको आइसोलेसन बेड हाल २० हजार ७६५ रहेको प्रवक्ता गौतमले बताए।

यस्तै हालसम्म २२ हजार क्षमताका पीसीआर मेसिन जडान गरिएको र दैनिक औसत १२ हजार परीक्षण हुने गरेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad