समाज


अर्घाखाँचीमा एकै परिवारका आठ जनामा कोरोना संक्रमण

अर्घाखाँचीमा एकै परिवारका आठ जनामा कोरोना संक्रमण

नेपालखबर
असोज २४, २०७७ शनिबार १२:१३,

सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना संक्रमण भएको छ।

शीतगंगा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो। उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए।

योसँगै आज जिल्लामा थप ३४ कोरोना संक्रमित थपिएका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए।

आज थपिएका संक्रमितसँगै अर्घाखाँचीमा कोरोना पुष्टि हुनेको संख्या ४८६ पुगेको छ। सक्रिय संक्रमितको संख्या ९० रहेको छ। कोरोनाका संक्रमणबाट चार जनाको ज्यान गएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad