नेपाल चिकित्सक संघले भोली(आइतबार)देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ का बाहेकका सेवा नदिने निर्णय गरेको छ।
डा. गोविन्द केसीको सत्याग्रह २७औं बितिसक्दा पनि उनको जीवन रक्षाका निम्ती सरकार गम्भीर नभएको भन्दै संघले भोलि उक्त सेवा बन्द गर्ने निर्णय गरेको हो।
संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्ना सबै शाखा, देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।
आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभए थप कडा कदम चाल्ने संघले जनाएको छ।
हेर्नुहोस विज्ञप्ति

135
Shares

प्रतिक्रिया