समाज


बाँकेमा पाँच मिनेटको फरकमा थप दुई संक्रमितको मृत्युु

बाँकेमा पाँच मिनेटको फरकमा थप दुई संक्रमितको मृत्युु

प्रकाश न्यौपाने
असोज २५, २०७७ आइतबार २:२४,

बाँकेमा दुईजना कोरोना भाइरस संक्रमितको मृत्युु भएको छ।

शनिवार राति पाँच मिनेको अन्तरमा थप दुई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका ८, गोल्छा निवासी ७१ वर्षीया महिला र नेपालगन्ज उपमहानगरपालिका १० निवासी ८४ वर्षीय पुररुष छन्।

महिलाको गएराति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो। उनलाई असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा गम्भीर प्रकृतिको निमोनिया रहेको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

यस्तै, पुरुषको शनिवार राति ९ ५५ बजे मृत्यु भएको हो । उनमा असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उननको स्वास्थ्यमा सुधार नभएपछि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताए।

उनमा निमोनिया र स्वासप्रश्वासमा समस्या थियो । योसँगै बाँकेका २६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । त्यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका थप १२ जना समेत गरि कुल ३८ जनाको मृत्यु भएको श्रेष्ठले जनाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad