खेल


जर्मनीकाे पहिलाे जित, युक्रेन आफ्नै मैदानमा पराजित

जर्मनीकाे पहिलाे जित, युक्रेन आफ्नै मैदानमा पराजित

नेपालखबर
असोज २५, २०७७ आइतबार २:३९,

यूईएफए नेसन्स लिगको तेस्रो चरण खेलमा जर्मनीले युक्रेनलाई उसकै मैदानमा हराएकाे छ।

समूह ए-४ अन्तर्गत शनिबार राति किभ ओलम्पिक मैदानमा भएको खेलमा जर्मनीले युक्रेनलाई २-१ ले पाराजित गर्दै पहिलो जित हासिल गरेकाे हाे।

यसअघिका २ खेलमा जर्मनीले बराबरी गरेको थियो।

खेलको २०औं मिनेटमा मथियास जिन्टरको गोलमा जर्मनीले अग्रता बनाएको थियो। ४९औं मिनेटमा लियोन गोरेन्जकाले गोल गर्दै अग्रता दोब्बर पारे।

घरेलु टोलीका लागि रुस्लान मालिनोवस्कीले खेलको ७६औं मिनेटमा पेनाल्टीमा सान्त्वना गोल फर्काए।

अर्को खेलमा स्पेनले स्विटरजल्यान्डलाई १-० गाेल अन्तरले हराएको छ। अल्फ्रेडो डि स्टेफानो म्याड्रिडमा शनिबार राति भएको खेलमा स्पेनको जितमा मिकेल ओयरजावालले १४औं मिनेटमा निर्णायक गोल गरेका थिए।

गएराति नै भएको समूह सी-१ को खेलमा मोन्टेनेग्रोले अजरवैजान तथा लक्जेमवर्गले साइप्रसलाई २-० ले पराजित गरेका छन्। 

समूह डी-१ खेलमा फारोई आइल्यान्ड र लात्भियाले १-१ को बराबरी गरेका छन्। समूह डी-२ खेलमा जिब्राल्टारले लिचेस्टानइनलाई १-० ले पराजित गरेकाे छ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad