समाज


जनकपुरबाट दुई सय ग्राम सुनसहित एकजना पक्राउ

जनकपुरबाट दुई सय ग्राम सुनसहित एकजना पक्राउ

शैलेन्द्र महतो
कात्तिक २, २०७७ आइतबार १६:१९,

दुईसय ग्राम अवैध सुनसहित जनकपुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सवारी चालक महोत्तरीको बलबा नगरपालिका ४ का ३४ वर्षीय रामचन्द्र साह रहेका छन्।

बा १० च ३५६८ नम्बरको इको भ्यान काठमाडौंबाट अबैध रुपमा चोरी पैठारी गरी भारत लैजाँदै छन् भन्ने गोप्य सूचनाको आधारमा उनलाई आइतबार दिउँसो जनकपुरको भ्रमरपुरा चौकबाट पक्राउ गरको सशस्त्र प्रहरील जनाएको छ।

उनको साथबाट बरामद भएको २ सय ग्राम सुनको बजार मुल्य १६ लाख २३ हजार ८ सय रहेको छ।

प्रहरीका अनुसार सुन सहित गाडिको अन्दाजी मुल्य करिब ३१ लाख २३ हजार ८ सय रुपैया रहेको छ।

शसस्त्र प्रहरी बल नेपाल, धनुषा ८ नम्बर गणबाट शसस्त्र प्रहरी निरीक्षक शम्भु कटवालको कमाण्डमा खटिएको टोलीले बरामद गरेको सुन, गाडी र व्यक्तिलाई कारबाहीको लागि जनकपुर भन्सार कार्यालयलाई जिम्मा लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad