पाल्पाको एक घरमा मंगलबार बिहान लुटपाट भएको छ। रामपुर नगरपालिका ८ ढकालचौपारीस्थित मनकुमारी श्रेष्ठको घरमा लुटपाट भएको हो।
अपरिचित तीन जनाले खुकुरी देखाएर कुटपिट गर्दै ३ लाख ५८ हजार नगद र साढे ९ तोला सुन लुटपाट गरेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले बताए।
बाकस र दराजमा रहेको नगद तथा सुनका गरगहना गरी साढे ९ लाख बराबर लुटेको प्रहरीले जनाएको छ। लुटपाटमा संलग्न ३ जना भने फरार छन्।
प्रहरीले घटनाको अनुसन्धान तथा लुटेराको खोजि तिब्र बनाएको छ।

प्रतिक्रिया