पाँचथरको फिदिममा आज एकैदिन १४ जना कोरोना संक्रमित थपिएपछि १५ दिनका लागि बन्दाबन्दी जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत आज मध्यरातबाट आगामी मंसिर १२ गतेसम्मका लागि बन्दाबन्दी जारी गरिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावाश्यक बाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार फिदिम नगरपालिका हुँदै मेची राजमार्गबाट अन्य जिल्लाका लागि भने सवारी सञ्चालन हुन पाउने छन्। प्रशासनले अत्यावाश्यक बाहेकका दुई पाङ्ग्रे सवारीका साधन समेत सञ्चालनमा रोक लगाएको छ।
नगरप्रमुख ओनाहाङ नेम्वाङले कन्ट्र्याक टे«सिङमा परेकालाई संयमता अपनाई एकान्तमा बस्न आग्रह गरेका छन्। जिल्लामा सक्रिय संक्रमितको संख्या २४ पुगेको छ।

प्रतिक्रिया