अटो


एक्साइडको नयाँ ब्याट्री बजारमा

एक्साइडको नयाँ ब्याट्री बजारमा

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १२:२,

७४ एम्पियरको ‘एक्साइड इपिक डिन’ नामको नयाँ ब्याट्रि नेपाली बजारमा आएको छ।

एक्साइड इन्डस्ट्रिजका नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसात गर्दै ७४ एम्पियरको इपिक डिन ब्याट्रि ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीहरुका लागि ल्याएको जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्री विभागका महा प्रबन्धक सुरेश कुमार तिवारीका अनुसार, ‘इपिक डिन७४’ ब्याट्री उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री हो। यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउँछ जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीहरुको तुलनामा बढी समय सम्म टिक्ने गर्दछ। यो ‘इपिक डिन७४’ ब्याट्रीमा प्रयोग भएको विशेष पेस्टले गर्दा ब्याट्री टिक्ने अवधि बढाउने मात्र होइन छिटो चार्ज पनि हुने गर्दछ। ‘इपिक डिन७४’ ब्याट्रीमा जडि़त डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेशनले गर्दा धेरै नै भरपर्दो तथा लामो समय सम्म ब्याट्री टिक्ने भएकोले हाम्रा ग्राहकहरुले यो ब्याट्रीलाई मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं।’

‘इपिक डिन७४’ ब्याट्रीको राम्रो विशेषता भनेको वेट सेल्फ लाइफ हो। यो वेट सेल्फ लाइफ बढी हुने भएकोले छिटो डिस्चार्ज हुँदैन। सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर ‘इपिक डिन७४’ ब्याट्री ६ महिना सम्म पनि प्रयोग नगरीकन राख्दा डिस्चार्ज हुँदैन। त्यसपछिको समयमा यदि ब्याट्री डिस्चार्ज भइहाले पनि यो ब्याट्री अन्य ब्राण्डको तुलनामा छिटो चार्ज हुन्छ।

‘इपिक डिन७४’ ब्याट्रि बि एम डब्लु, सेभ्रोलेट, टाटा, फोर्ड रेन्जर, ह्युनडाई, मर्सिडिज बेन्ज, निसान, रेनौल्ट, स्कोडा, भोक्सवागन, मित्सुबिशी जस्ता अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad