समाज


सप्तरीमा करेन्ट लागेर हात्ती मर्‍यो

सप्तरीमा करेन्ट लागेर हात्ती मर्‍यो

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ४:२४,

सप्तरीको कञ्चनरूप नगरपालिका-५ परेमारामा एउटा जंगली हात्ती मृत फेला परेको छ।

करेन्ट लागेर मरेको अवस्थामा परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती फेला परेको स्थानीय बच्चुलाल चौधरीले जानकारी दिए। पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो।

‘नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जंगलबाट आएको हात्ती गाउँमा मृत अवस्थामा भेटिएको हो,’ उनले भने, ‘हात्तीको शरीरको भारले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ।’ मरेको हात्तीको शरीरको अन्य कुनै भागमा चोटपटक छैन।

घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुगेका छन् । मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad