समाज


कोरोनाबाट गण्डकीमा थप ४ जनाको मृत्यु

कोरोनाबाट गण्डकीमा थप ४ जनाको मृत्यु

वाशुदेव मिश्र
मंसिर १२, २०७७ शुक्रबार १२:५६,

कोरोनाबाट गण्डकीमा थप ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिला र पोखरा १ कै ५९ वर्षीय पुरुष, स्याङ्जा अर्जुनचौपारीकी ५८ वर्षीया महिला र पोखरा–७ की ७६ वर्षीया महिला रहेका छन्।

पोखराकी ६६ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५९ वर्षीय पुरुष चरक मेमोरियल अस्पतालमा, स्याङ्जाकी महिलाको मणिपाल तथा ७२ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकीमा हालसम्म १४८ जनाको कारोना संक्रमणबाट ज्यान गएको छ।

गण्डकीमा पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा कोरोनाको हटस्पट हो। यहाँ पछिल्लो २४ घण्टामा ६९ जना संक्रमित थएिका छन्।

कास्कीमा ३ हजार २९१ जना सक्रि संक्रमति छन्। गण्डकीमा अहिले ४ हजार ७७९ सक्रिय संक्रमित छन् भने तीमध्ये ३ हजार ९६१ जना होम आइसोलेसनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .