लाखौं रुपैयाँ ठगी गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
नुवाकोट ककनी गाउँपालिका–४ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३८ वर्षीय शुवास लामालाई प्रहरीले पक्राउ गरेको हो।
लामा विरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा बिगो रु १२ लाख ३० हजार तिर्न आदेश दिएको थियो।
सो रकम नतिरी फरार रहेका लामालाई मंगलबार ललितपुरको टिकाथलीबाट नियत्रणमा लिईएको हो। उनलाई आबश्यक कारवाहीका लागी काठमाडौं जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया