समाज


बझाङकी सम्झनाको बलात्कार/हत्या आरोपित बोहरा झ्याल फोरेर फरार

बझाङकी सम्झनाको बलात्कार/हत्या आरोपित बोहरा झ्याल फोरेर फरार

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार ३:१६,

बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कार/हत्या आरोपमा प्रहरीको नियन्त्रणमा रहेका राजेन्द्र बोहरा बिहीबार राति भागेका छन्।

पुर्पक्षका लागि डोटीस्थित बाल सुधार केन्द्रमा राखिएका उनलाई कोरोना संक्रमण भएपछि यही मंसिर ६ देखि डोटी जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

त्यहींबाट उनी राति १० बजेतिर फरार भएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जनक पाण्डेले जानकारी दिए।

उनका अनुसार उनी आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन्।

‘तर भर्खरै उनी फेला परेको खबर आएको छ,’ घटनास्थलतर्फ जाँदै गरेका उनले टेलिफोनमा नेपालखबरसँग भने, ‘उनी नै हुन् कि होइनन्, त्यहीं पुगेपछि थाहा हुन्छ, अहिले म गाडीमा जाँदै छु।’

उनले अगाडि भने, ‘डोटीकै पूर्वीचौकी गाउँपालिका भन्ने ठाउँमा उनी फेला परेको भन्ने बुझिएको छ। तर फोन सम्पर्क हुन सकेको छैन, त्यहाँ पुगेपछि वास्तविकता भन्न सकिन्छ।’

बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन्।

उनको जन्ममिति विवादित भए पनि परिवारले उनी नाबालिग नै रहेको दाबी गरेपछि उनलाई सुधार गृहमा राखिएको हो।

याे पनि : 

सम्झनाका परिवारलाई १० लाख दिने सरकारको निर्णय, आफन्तले बुझे शव

सम्झनाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवकविरुद्ध अर्की बालिका बलात्कारको पनि जाहेरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad