समाज


हुम्लामा बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइते

हुम्लामा बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइते

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ०:३३,

हुम्लामा बिरामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छ।

सदरमुकाम सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिए।

हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाँडाफयामा राति ११ बजे जीप दुर्घटनामा परेको बिष्टले बताए। जिप सडकबाट करिब पाँच सय मिटर तल पुगेको छ।

दुर्घटनामा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्काका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

दुर्घटनामा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन्।

घाइते सात जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरु सबैको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले बिरामी र घाइतेको उद्धार गरेका छन्।

राति भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले जानकारी दिए। अधिकांश घाइतेको छाती, टाउको र हातखुट्टामा चोट लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad