समाज


चार सय ५० बोतल लागुऔषध वानरेक्ससहित एक जना पक्राउ

चार सय ५० बोतल लागुऔषध वानरेक्ससहित एक जना पक्राउ

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १२:५१,

सशस्त्र प्रहरी टोलीले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित बीरगञ्जबाट चार सय ५० बोतल वानरेक्स नामक लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको दोरे गाउँपालिका १ बस्ने २२ वर्षीय जितेन्द्र सहनी छन्।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जितपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो। त्यसवेला एपीएफ टोलीले उनको साथबाट एउटा मोबाइल सेट समेत बरामद गरेको छ।

पक्राउ परेका निज सहनीलाई बरामद लागुऔषध तथा उक्त मोबाइल सेटसहित आवश्यक कारवाहीको लागि ईलाका प्ररही कार्यालय जितपुरमा बुझाईएको छ।

यसैगरी सप्तरी जिल्लाको बोधेवर्साईन नगरपालिका ९ स्थित सिम्राहाबाट एपीएफ टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको सडक नगरपालिका ४ बस्ने १९ वर्षीय शुभकान्त चौधरी र १८ वर्षीय आशिष चौधरी छन्।

स ३ प ३६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुभरनपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नोफिन १० बोतल, डाईजील्याव १२ बोतल र फेनरगन ८ बोतल फेला परेपछि पक्राउ गरिएको हो।

एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई बरामद लागुऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बोधेवर्साईनमा बुझाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad