राजनीति


संसदीय समितिमा विवाद : पुरक खानाको रुपमा भित्रिने वस्तु आहार कि औषधि?

संसदीय समितिमा विवाद : पुरक खानाको रुपमा भित्रिने वस्तु आहार कि औषधि?

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १३:१८,

औषधि व्यवस्था विभागले पुरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजुरीले विवादको रहस्य खुलेको हो। बजारमा भित्रिएको पुरक आहार, विभिन्न टोरिक भिटामिन लगायतका वस्तुहरुलाई औषधि व्यवस्था विभागले आयातमा रोक लगाएपछि विवाद उत्पन्न भएको हो।

अधिवक्ता राजिव वास्तोलाले गलत ऐन प्रयोग भई प्रत्यायोजित विधायनको उल्लंघन भएको भन्दै समितिमा उजुरी गरेका छन्।

औषधि व्यवस्था विभागले भने व्यवसायीहरुले औषधिजन्य वस्तुहरुमध्ये कुनैलाई औषधिको रुपमा र कुनैलाई पुरक आहारको रुपमा भित्र्याएर कर छलेको आरोप लगाएको छ।

यता स्वास्थ्य सेवा विभागले भने औषधि विक्रेताले औषधि र टोनिक तथा पुरक आहारलाई नछुट्याई विक्री वितरण गर्दा समस्या देखिएको बताएको छ। कतिपय अवस्थामा औषधिजन्य वस्तुलाई औषधि भनेर विरामीलाई दिँदा नकारात्मक असर परेको पनि विभागको भनाई छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने पुरक आहारको रुपमा प्रयोग हुने भिटामिन र टोनिक आहारलाई खाद्य वस्तुभित्र राख्नुपर्ने बताएको छ। त्यस्ता वस्तुको प्रयोग हुने विधी र मात्राको विषयमा चिकित्सकले बिरामीलाई सुझाव दिन थालेपछि औषधिको रुपमा बुझ्नुपर्ने बताएको छ। यसमा नियामक निकायले आफ्नो दायरा स्पष्ट गर्नुपर्ने पनि विभागको भनाई छ।

सरकारले औषधि व्यवस्था विभाग मार्फत पुरक आहारको रुपमा नेपाल भित्रने खाद्य वस्तुलाई औषधिको रुपमा मात्र आयात गर्न अनुमति दिने गरेको छ। औषधि तथा औषधिजन्य वस्तु आयातकर्ताले यसको विरोध गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad