राजनीति


साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै

साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै

यज्ञराज जोशी
मंसिर २२, २०७७ सोमबार १३:१९,

साझा पार्टी र विवेकशील नेपाल दलबीच बुधबार एकता घोषणा हुने भएको छ।

झण्डै दुई वर्षअघि फुटेर बनेका यी दुई पार्टीलाई पुनः एकीकरण गर्न नेताहरु लामो समयदेखि निरन्तर वार्तामा थिए।

अन्ततः एकीकृत पार्टीको नामा विवेकशील साझा रहने गरी पुस २४ गते एकताको घोषणा गर्ने भएका हुन्।

एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने गरी दुई पार्टीको पुनः एकीकरण हुन लागेको हो।

एकीकरणबारे वार्ता प्रक्रियामा सहभागी एक नेताका अनुसार एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहनेछन्।

त्यसैगरी १२ देखि १४ जनासम्मको कार्यसमितिमा पनि दुवै तर्फका बराबर सदस्य रहनेछन्।

ती नेताका अनुसार बुधबार एकता घोषणा अनलाइन कार्यक्रमबाटै गरिनेछ।

यो पनि:
साझा–विवेकशील एकीकरण : नाम र चुनाव चिन्हमा जुट्यो सहमति, नेतृत्वबारे यस्तो समझदारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .