आज (शनिबार) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिजुली बन्द गरिने भएको छ।
मर्मत, स्थानान्तरणलगायत विविध काम गर्नुपर्ने भएकाले प्राधिकरणले सूचना जारी गरी उपत्यकाका विभिन्न
स्थानमा बिहान ११ बजेदेखि विद्युत् बन्द गर्ने जानकारी दिएको हो।
हेर्नुहोस्, सूचना-
१. लाइन सटडाउनसम्बन्धी जानकारी
मिति २०७७ मंसिर २७ गते बानेश्वर सब-स्टेसनको ११ केभी बसबारमा मर्मत गर्नुपर्ने भएकाले दिनको १२:०० देखि १४:०० बजेसम्म उक्त सब-स्टेसनबाट विस्तारित धोबिखोला, बागमती, कोटेश्वर, बानेश्वर, पुरानो एरपोर्ट र लुभु फिडरहरू सटडाउन हुने हुँदा उक्त एरियाका ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सञ्चालन हुन सक्ने समेत जानकारीका लागि अनुरोध छ ।
२. विद्युत् सेवा अवरूद्ध हुने जानकारी सम्बन्धमा
मिति २०७७।०८।२७ गते शनिबार बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म कीर्तिपुर वितरण केन्द्रका बल्खु, खसीबजार, टियु, चोभार, पाँगा, टौदहलगायतका क्षेत्रहरूमा बुस कटिङ कार्यका लागि कीर्तिपुर फिडर सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकाले सो फिडरअन्तर्गतका माथि उल्लिखित स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं। साथै सो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सञ्चालन हुनसक्ने समेत जानकारीका लागि अनुरोध छ।
३. विद्युत् सेवा अवरूद्ध हुने जानकारी सम्बन्धमा
मिति २०७७।०८।२७ गते शनिबार बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म जोरपाटी वितरण केन्द्रकाे साँखु फिडरको जोरपाटी-साँखु सडकखण्डको कुर्थलीमा पोल स्थानान्तरण कार्य गर्नुपर्ने हुँदा उक्त फिडरअन्तर्गतका खुलालटार, साँखु बजार, पालुवारी र जरसिंहपौवालगायतका स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं। साथै सो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सञ्चालन हुनसक्ने समेत जानकारीका लागि अनुरोध छ।
Shares

प्रतिक्रिया