समाज


कार्यकाल सकिनै लाग्दा अमेरिकामा ट्रम्प प्रशासनले ४० वर्षीय युवालाई दियो मृत्युदण्ड

कार्यकाल सकिनै लाग्दा अमेरिकामा ट्रम्प प्रशासनले ४० वर्षीय युवालाई दियो मृत्युदण्ड

नेपालखबर
मंसिर २७, २०७७ शनिबार १:४४,

संयुक्तराज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको हो। जसको चौतर्फी विरोध पनि भएको छ।

इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको हो। सन् १९९९ मा टेक्सासमा भएको एक हत्याकाण्डमा बर्नार्डको संलग्नता पुष्टी भएको थियो जतिबेला उनी १८ वर्षका थिए।

कारागारमा बर्नार्डले राम्रो व्यवहार गरेको र उनीमा धेरै सुधार आएको भन्दै उक्त मृत्युदण्डलाई आजीवन काराबासमा परिणत गर्न झण्डै पाँच लाख व्यक्तिले लिखित अनुरोध गरेपनि संघीय अधिकारीहरुले त्यसलाई सुनुवाई गरेका थिएनन्।

सन् १९९९ मा टेक्सासमा एक दम्पतीलाई लुटपाट गर्नेक्रममा बर्नार्ड सहित अरु चार किशोरहरुले ती दम्पतीलाई हत्या गरी उनीहरु चढेको कारमा राखेर आगो लगाइदिएका थिए। बर्नार्डले गोली नचलाए पनि आगो लगाउन मद्दत गरेका थिए।

बर्नार्डका अर्का साथी एवं गोली चलाउने क्रिस्टोफर भियाल्भालाई गत सेप्टेम्बरमा मृत्युदण्ड दिइएको थियो। उनी पनि घटना हुँदाका दिन १९ वर्षका मात्र थिए। समूहका अरु सदस्यहरु भने घटना हुँदाका दिन १८ वर्ष नपुगेको भन्दै अदालतले सुधार गृहमा पठाएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad