अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेस एफडीएले शुक्रबार यस खोप प्रयोगमा स्वीकृति दिएसँगै राष्ट्रपति ट्रम्पले यस भ्याक्सिनले चमत्कार गर्ने बताएका छन्।
अमेरिकी फाइजर र जर्मनीको बायोएनटेकको खस खोप मानिसमा ९५ प्रतिशत प्रभावकारी भएको विज्ञहरुको भनाइ छ।
क्यानडाले स्वीकृति प्रदान गरेको फाइजरको खोपहरु यसै महिनादेखि क्यानडामा भित्रन थाल्ने बताइएको छ।
अमेरिका र क्यानडा अगाडि बेलायत, बहराइन र साउदी अरबले यस खोप प्रयोगमा स्वीकृति दिएका थिए।
विज्ञहरुले एलर्जीका समस्या भएका मानिसमा भने फाइजरको खोपले प्रतिकुल असर गर्ने बताएका छन्।

प्रतिक्रिया