समाज


अमेरिका र मेक्सिकोका बालबालिकालाई छेकेन सिमानाको बारले!

अमेरिका र मेक्सिकोका बालबालिकालाई छेकेन सिमानाको बारले!

नेपालखबर
साउन १६, २०७६ बिहिबार ८:१३,

यो निकै रोचक देखिन्छ। सिमानाको बारलेसमेत अमेरिकी र मेक्सिकोका बालबालिकालाई सँगै खेल्न रोक्न सकेको छैन। किनभने सिमानाको बारमै चाकाचुली निर्माण गरिएको छ।

अमेरिकी सिमानाका सेना र मेक्सिकोका सेनाले समेत दुई देशका बालबालिकालाई सिमानाको बारमा बनाइएको चाकाचुलीमा रमाउन दिन्छन्।

सिमानामै चाकाचुली बनाउने अवधारणा रोनाल्ड रेल र भर्जिनीया सान फ्राटेल्लोको हो। रोनाल्ड युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका वास्तुकला प्राध्यापक हुन्। साथै भर्जिनीया सान जोसे स्टेट युनिभर्सिटीका डिजाइन प्राध्यापक हुन्।

Image result for Artists installed seesaws at the border so kids in the US and Mexico could play together

सन् २००९ मा उनीहरुले एक संयुक्त रुपमा पुस्तक लेखेका थिए। ‘बोर्डरवाल एज आर्किटेक्चर’ नामको पुस्तकमा उनीहरुले सीमानाको बारमा चाकाचुली बनाउने सन्दर्भ प्रस्तुत गरेका थिए।

उनीहरुको अवधारणा अनुसार विश्वमा कुनै सिमाना या बार हुँदैन। विश्व खुला छ। मनका चाहना र भावनाजस्तै।

दश वर्षपछि त्यही अवधारणा पछ्याउँदै सिमानामा चाकाचुली निर्माण गरिएको हो। चाकाचुली त्यो स्थानमा राखिएका छन् जहा बार लगाइएको छ। उक्त बारले न्युमेक्सिको सनल्यान्ड पार्क र अमेरिका छुट्याउँछ।

विश्लेषकहरु यस कार्यलाई विश्व एकत्रित गर्ने कार्यको रुपमा हेरिरहेका छन्। एजेन्सी

(भिडियाे)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad