समाज


रौतहटमा वडा कार्यालयमा आगो लगाउने विप्लवका ३ कार्यकर्ता हतियारसहित पक्राउ

 रौतहटमा वडा कार्यालयमा आगो लगाउने विप्लवका ३ कार्यकर्ता हतियारसहित पक्राउ

नेपालखबर
साउन १६, २०७६ बिहिबार ८:२०,

रौतहटमा वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको छ।

बुधबार नेकपाले बन्दको आह्वान गरेको थियो। बन्दको अघिल्लो राति रौतहट चन्द्रपुर–३ गैडाटार स्थित आदर्श सामुदायिक वनको भवनमा रहेको ३ नम्बर वडा कार्यालयमा आगजानीमा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ।

 पक्राउ पर्नेमा चन्द्रपुर–४, टेकान टोल बस्ने ३० वर्षीय रेहान तामाङ भन्ने राम बहादुर घिसिङ, सोही स्थानका ३५ वर्षीय मान बहादुर वाइवा र गैँडाटार बस्ने ५५ वर्षीय रेवप्रसाद मैनाली रहेका छन्।

 प्रहरीले पक्राउ परेका तीनै जनाका साथबाट हात हतियार र अन्य सामग्री बरामद गरेको छ। तामाङका साथबाट सेमी अटोमेटिक चाइनिज पेस्तोल, कटुवा पैस्तला र सो को गोली, सामसुङ मोबाइल, ना ३६ प २८१३ नम्बरको होन्डा साइन मोटरसाइकल बरामद गरेको छ। वाइवाका साथबाट एक थान नोकिया मोबाइल र मैनालीका साथबाट दुई थान मोबाइल एक थान गोली र तामाको टुक्रा बरामद गरेको प्रहरीले जनाएको छ।

वडा कार्यलयमा आगजनी, एनसेल टावरमा आगजनी, बाटोमा रुख ढालेर अवरुद्ध गर्न कार्यमा उनीहरुको संलग्नता रहेको प्रहरलिे जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad