काठमाडौंमा ट्याक्सी चढेका एक यात्रीले ट्याक्सीमा छुटेको दुई लाख ५० हजार रुपैयाँ केही बेरमै फिर्ता पाएका छन्।
बिहीबार सुन्धारा सिभिल मलबाट न्यूरोडसम्म जाने क्रममा बा २ ज ४१५५ नं.को कारमा छुटेको रकम चालक कुलबहादुर श्रेष्ठले प्रहरीमार्फत सम्बन्धित ब्यक्तिलाई बुझाएका छन्।
आफ्नो ट्याक्सीमा रकम छुटेको थाह पाएपछि चालक श्रैष्ठले ट्राफिक प्रहरी महाशाखामा बुझाएका थिए। प्रहरी उपरीक्षक रवि कुमार पौडेलले उक्त नगद सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरे।

प्रतिक्रिया