पछिल्लो २४ घण्टामा नेपालमा ७४२ जना कोरोना संक्रमितहरु भेटिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३५१ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन।
सो अवधिमा एक हजार ७९ जना निको भएका छन भने ७ जनाको मृत्यु भएको छ।
हाल नेपालमा ७ हजार ९७६ जना संक्रिय कोरोना संक्रमित छन।
नेपालमा हालसम्म २ लाख ५४ हजार ५१४ कोरोना संक्रमित भेट्टिसकेका छन।
त्यसमध्ये २ लाख ४४ हजार ७४३ जना निको भएका छन।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३११ जना संक्रमित भेटिएका छन।
42
Shares

प्रतिक्रिया