समाज


कर्णालीका यी तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

कर्णालीका यी तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

नेपालखबर
पुस १८, २०७७ शनिबार ७:५५,

कर्णालीका तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ।

कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको सख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सबै संक्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन्। यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो। विभिन्न आइसोलेसनमा उपचाररत संक्रमित हाल निको भई घर फर्किसकेका छन् ।

सामाजिक विकास मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार सुर्खेतमा ९७, दैलेखमा दुई, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा छ, हुम्लामा ११ र डोल्पामा नौ जनागरी १७० कोरोना संक्रमणका सक्रिय बिरामी छन्।

मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात हजार ३५७ पुगेको जानकारी दिए।

आरडीटी र पीसीआर विधिबाट ९६ हजार १०२ जनाको गरिएको परीक्षणमध्येबाट सात हजार ३५७ जनामा संक्रमण पहिचान भएको हो।

कर्णालीका प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल दैलेख र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमका प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ।

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन्। त्यस्तै दैलेखका ६, डोल्पा, कालीकोट, रुकुमपश्चिमका एक/एक तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad