झापामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
मंगलबार दिउँसो शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा को १ ख ६०९८ नम्बरको बस र प्र–१–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सुनसरी बराहक्षेत्र नगरपालिका ७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका ५ का २८ वर्षीया सलिना राई रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया