समाज


भारतमा बलात्कारपछि गर्भवती बनेकी किशोरीको मृत्यु

भारतमा बलात्कारपछि गर्भवती बनेकी किशोरीको मृत्यु

नेपालखबर
पुस २६, २०७७ आइतबार १०:५३,

१५ वर्षकी किशोरी ७ महिनाको गर्भवती थिइन्। प्रहरीका अनुसार गत शनिबार अस्पताल भर्ना गरिएकी उनको बिहीबार मृत्यु भएको हो।

पीटीआइका अनुसार संक्रमणका कारण ती किशोरीको मृत्यु भएको छ।

ती किशोरीकी परिवारका अनुसार गतवर्षको जुन महिनामा एक ३० वर्षका व्यक्तिले किशोरीमाथि बलात्कार गरेका थिए।

डिसेम्बर ६ मा मात्र किशोरी गर्भवती भएको थाहा पाएको उनको पिताको भनाइ छ। किशोरीलाई डर र धम्की दिएर ती व्यक्तिले बलात्कार गरेका थिए।

गर्भवती भएपछि मात्र बलात्कारको घटना खुलेको थियो। तत्काल उजुरी परेपछि अहिले अभियुक्त जेलमा छन्।

गर्भपतका लागि परिवारले अस्पतालसँग आग्रह गरेको थियो। तर गर्भवती भएको धेरै समय भइसकेकाले र प्रहरीमा मुद्दा परेकाले गर्भपतन गर्न अस्वीकार गरिएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad