सप्तरीमा साँढेले हान्दा एक ८० वर्षीया वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका छिन्नमस्ता गाउँपालिका–२ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेले हान्दा मृत्यु भएको हो।
सोमबार राति ९ बजे आफ्नै घरअगाडि बाटोमा हिँडिरहेकी ती वृद्धालाई साँढेले हानेका र उपचारका लागि गजेन्द्र नारायण स्ंिह अस्पताल राजविराज ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए।
ती महिलाको शव अहिले गजेन्द्र नारायण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया