भक्तपुरमा एक सुरक्षा गार्ड मृत फेला परेका छन्।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका ९ महत गाँउ बस्ने ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका हुन्।
प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीका अनुसार सुर्यविनायक नगरपालिका ९ पलाँसेस्थित गणेश बाल विकास स्कुल नजिकै खोल्सामा उनी मृत भेटिएका हुन्।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत जगातीबाट गएको प्रहरीले अनुसन्धानका क्रममा शवको सनाखत गरेको हो। श्रेष्ठ दिउँसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास विद्यालयमा सुरक्षा गार्डको काम गर्ने बुझिएको डीएसपी गिरीले बताए।
दिउँसोको काम सकेर रक्सी खाएर कोठामा फर्किने क्रममा खोल्सामा लडेको हुनसक्ने प्रहरीको अनुमान छ।
शव पोस्टमार्टमको लागी काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको र थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया